Thursday, April 1, 2010

लघु कथा

पश्चताप

उनी मेरो समिपमा आएर बोलिन् म तिमी बिना एकैछिन पनि बाँच्न सक्दिनँ । म झर्केर बोले तर म तिमी बिना पनि बाँच्न सक्छु । उनी मेरो अंगालोमा बेरिन आइन् । मैले उसको हात झटारी दिएँ । उसको आँखामा आँसु थियो मेरो ओठमा मुस्कान थियो । उनी घोप्टिएर सुकसुकाउन थालिन् । मैले मौनताले थप्पड मारे । उनी चुपचाप थिइन् । म हिँड्न खोजेँ मेरेा पाखुरा समाउँदै उनी बोलिन्-मलाई छोडेर कहाँ जान्छौं मलाई पनि तिमीसंगै हिड्नु छ प्लीज………। मेरो रिसले सीमा नाघ्यो म राक्षसी स्वरमा कराएँ । मार्था मेरो पछि लाग्न छाडिदेउ हाम्रो प्रमलाई एउटा मीठो सपना सम्झ । मार्थाको विवाहको दिन म धेरै रोएँ । मैले त्यस दिन मात्र थाहा पाएँ मार्थाको मूल्य कति थियो मेरो जिन्दगीमा । त्यो दिन खाना नखाई त्यतिकै सुते ।
भोलिपत्द बिहानै उठें । गाउँ भरी हल्ला चलिरहेको थियो मार्थाले झुण्डिएर आत्माहत्या गरीन्
रे ………॥आज म पश्चतापको आगोमा जलिरहेको छु आखिर किन मैले मार्थाको मायालाई बुझ्न सकिन
झक्कास ग्रुप

No comments:

Post a Comment