Sunday, April 4, 2010

प्रेम र सेक्स

प्रेम सेक्स गर्ने दाउ हो । यो भनाइ संसार बदल्नु छ सुरु आफैबाट गर्नुपर्छ भन्दै मनोक्रान्तिको अभियान चलाएका डा। विकासानन्दको हो । यो भनाइप्रति कति समाजमा
कहलिएका व्यक्तिहरुको पनि एक्यवद्धता छ । के साँच्चै प्रेम सेक्स भर्ने दाउ हो
त यो एउटा बहसको विषय बन्न पुग्छ । तर कति मान्छेहरु यो भनाइप्रति विलकुल सहमत छैनन् । हुन त विकासानन्दले एउटा गहन सोच पछाडि यो भनेका होलान् तर यदि प्रेमलाई सेक्स गर्ने दाउको रुपमा मात्र लिइयो भने अवश्य नै त्यो एउटा विकृति भन्दा अरु हुन सक्दैन । आजका युवा पुस्तामा प्रेम शब्द जति सस्तो र चल्तीमा आइरहेको छ ।
त्यति नै विकृतितिर ढल्किरहेको छ । वास्तवमा प्रेम निश्वार्थ र पवित्र हुनुपर्छ । प्रेमको नाममा कसैको शरीर सँग खेलिन्छ भने त्यो बलत्कार हो । प्रेम भनेको मनले मनसँग गर्ने हो शरीरसँग होइन । ओशोलाईसेक्सका गुरु भनेर पुकारिन्छ तर उहाँले जीवनमा कसैसँग पनि सेक्स गरेनन् ।

2 comments: